हाम्रो शरीर बारे हामीलाई हुने विभिन्न भ्रमहरु यस्ता छन्
हामीलाई हाम्रो शरीरको बारेमा धेरै कुराहरु थाहा हुने गर्दैन । यसले गर्दा हामीमा हाम्रो शरीरको बारेमा धेरै भ्रमहरु रहने गर्छन् । यस्ता भ्रमले गर्दा हामी कतिपय कामहरु गर्न डराउने गर्छौं । त्यसैले हामीमा यस्ता भ्रमहरुको राम्रो सँग जानकारी हुन जरुरी छ ।
हामीमा रहने विभिन्न भ्रमहरु यस प्रकार छन् :
१) चकलेट खाँदा डण्डीफोर आउने : सुगर र फ्याट बढी हुने खानेकुरा खाँदा छाला तैलीय हुन्छ र डण्डीफोर आउँछ । तर चकलेट खाएर डण्डीफोर हुन्छ भन्ने कुरा सही होइन ।
२) गर्मीको धेरै भाग टाउकोबाट निस्कन्छ : धेरै मानिस यसलाई सही मान्छन् तर आधुनिक वैज्ञानिकहरूले शरीरको सात प्रतिशत गर्मी मात्र टाउकोबाट निस्कने कुरा प्रमाणित गरेका छन् । हुन पनि टाउकोले हाम्रो शरीरको जम्मा ७ प्रतिशत भाग मात्र ओगट्छ ।
३) मृत्युपछि बढ्छन् कपाल र नङ : यो असत्य हो । मृत्युपछि छाला खुम्चिन थाल्छ जसले गर्दा नङ ठूलो भएको जस्तो देखिन्छ ।
४) चुइंगम पचाउन सात वर्ष लाग्छ : चुइंगम कहिलेकाहीँ झुक्किएर निलिन्छ कहिलेकाहीँ । तर यसलाई पचाउन सात वर्ष लाग्ने कुरा झुटो हो ।
५) गाजर खाएर आँखा तेजिलो हुन्छ : गाजरले आँखाको रक्षा गर्ने कुरा साँचो हो तर यसले आँखाको प्रकाशलाई कुनै फरक पार्दैन । गाजरमा ठूलो मात्रामा बीटा–क्यारोटिन पाइन्छ जसले रेटिनोललाई भिटामिन एमा परिवर्तन गरिदिन्छ । यसैले आँखाको रक्षा गर्छ ।
६) औंला पड्काउँदा गाँठो पर्ने : औंला पड्काउनुसँग गाँठो पर्ने कुराको कुनै साइनो छैन । पड्काउँदा आउने आवाजले अरूलाई झर्को लगाउन चाहिँ सक्छ ।
७) इन्द्रिय संख्या : हामीहरूको पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय छन् भन्ने मान्यता छ । तर आधुनिक विज्ञानले हाम्रो ३३ भन्दा बढी इन्द्रिय भएको प्रमाणित गर्छ ।श्रोत :.dainikonline.net